काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना

डिसी नेपाल
२२ माघ २०८१ १२:३७
1.3k
Shares

काठमाडौं । काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटनामा परेको छ।

सुदूपश्चिम प्रदेशको ०४-००१ ख ००२ नम्बरको शिवपुरी यातायातको कैलालीको लम्कीचुहा नगरपालिका-३ गोराङ्‍गेमा दुर्घटना भएको हो।

बसमा ४५ जना यात्रु सवार रहेकोमा दार्चुलाकी २२ वर्षीया सपना बोहोरा बेहोस भएकी छन्। उनको लम्किस्थित लालरत्न अस्पतालमा उपचार भइहरेको छ।

दुर्घटनामा चार जना घाइते भएकोमा उनीहरूको अवस्था सामान्य छ। अन्य यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *