धनगढीका मेयर हमाललाई ‘योगी’ उपाधि प्रदान
धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई ‘योगी’ उपाधिबाट सम्मान गरिएको छ।
जीवनका लागि गीता ज्ञान अभियान नेपालले नगरप्रमुख हमाललाई ‘योगी’ उपाधि प्रदान गर्दै सम्मान गरेको हो।
अभियानका धनगढी नगर संयोजक रुद्रप्रसाद पन्त र अभियान्ता प्रभास भट्टको सहभागितामा संयोजक डा. हरिचन्द्र कमलीले मेयर हमाललाई उक्त सम्मान प्रदान गरेका हुन्।
‘सुदूरपश्चिमको धनगढी नगरमा रहेर आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै एक सच्चा कर्मयोगीको रूपमा निरन्तर कर्म गर्दै हाल धनगढी उपमहानगरपालिकाको नगर प्रमुखको रूपमा राष्ट्रिय स्तरमा नै एक उदाहरणीय कर्मयोगी मेयरको रूपमा स्थापित हुनु भएको हुँदा जीवनका लागि गीता अभियान यहाँको व्यक्तित्व र कर्मको उच्च कदर गर्दै यहाँलाई योगी उपाधि प्रदान गर्दै सम्मान गर्दछ ,’ उहाँलाई प्रदान गरिएको उपाधिमा भनिएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment