चीनले अमेरिकालाई दियो झट्का, कर बढाउनेदेखि निर्यात रोक्नेसम्मको घोषणा
काठमाडौं । चीनले करको मुद्दामा अमेरिका विरुद्ध प्रतिशोधपूर्ण कदम चालेको छ। अमेरिकाले चीन विरुद्ध १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले अमेरिका विरुद्ध कर बढाउनेदेखि निर्यात रोक्नेसम्मका घोषणा गरेको छ ।
चीनले अमेरिकाको यो कदमविरुद्ध विश्व व्यापार संगठनमा उजुरी दर्ता गर्ने बताएको छ। उसले अमेरिकाको यो कदम विश्व व्यापार संगठनको नियम विपरीत भएको बताएको छ।
चीनले हाल अमेरिकाबाट आयात हुने कोइला र एलएनजीमा १५ प्रतिशत भन्सार शुल्क लगाएको छ। कच्चा तेल, कृषि मेसिनरी र ठूला इन्जिन भएका कारहरूको आयातमा दश प्रतिशत भन्सार शुल्क लगाइएको छ।
यसबाहेक, यसले एकाधिकार मुद्दामा गुगल विरुद्ध अनुसन्धानको आदेश दिएको छ। साथै, २५ प्रकारका रेयर अर्थ धातुहरूको निर्यात नियन्त्रण गरिएको छ। यी रेयर अर्थ धातुहरू इलेक्ट्रोनिक सामान र सेमिकण्डक्टर चिप बनाउन अत्यावश्यक हुन्छन् । यी रेयर अर्थ धातुहरूको विश्व बजारमा चीनको प्रभुत्व छ ।
अमेरिकी कम्पनी क्याल्भिन क्लेन र अन्य ब्रान्डहरूको होल्डिङ कम्पनीलाई गैर-विश्वसनीय कम्पनीहरूको सूचीमा राखिएको छ। यस सूचीमा अमेरिकी बायोटेक्नोलोजी कम्पनी इलुमिना पनि समावेश गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment