गोली प्रहार गरेर दुई भारतीय लागूऔषध कारोबारी पक्राउ

डिसी नेपाल
२२ माघ २०८१ १९:३६
308
Shares

झापा । झापा प्रहरीले गोली चलाएर दुई लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। कनकाई नगरपालिका-४ मा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।

मंगलबार साँझ कन्काई ४ मा दुईजनाले लागुऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न खोजेको थियो।

त्यसक्रममा उनीहरू भागेपछि खेदाउने क्रममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको हो। एक जनाको खुट्टामा दुई गोली लागेको छ।

पक्राउ पर्नेहरूमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाइ युसुफ आलम रहेका छन्। उनीहरूको साथबाट ३५ ग्राम ब्राउनसुगर बरामद भएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *