स्वीडेनको एक शैक्षिक संस्थामा भएको गोलिकाण्डमा १० जनाको मृत्यु
काठमाडाैं। मध्य स्वीडेनको एउटा शैक्षिक संस्थामा भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा अन्य कयौं मानिस घाइते भएका छन्। घाइतेमध्ये केही गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। धेरै घाइतेहरूको अस्पतालमा उपचार भइरहको छ। त्यसमध्ये ४ जनाको शल्यक्रिया भइरहेको छ।
प्रहरीले शुरुमा ५ जनालाई गोली हानेको र घटनालाई हत्या प्रयास, आगजनी र हतियारको जघन्य अपराधका रूपमा अनुसन्धान भइरहेको बताएको छ। अनुसन्धानकै क्रममा १० जनाको मृत्यु भएको पुष्टि गरेको हो । हालसम्मको अनुसन्धानले आक्रमणकोपछि आतंकवादी उद्देश्य नभएको पुष्टि भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment