ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध

डिसी नेपाल
२५ माघ २०८१ ७:४९
896
Shares

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यसअन्तर्गत अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथी उनले प्रतिबन्ध लगाएका छन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले अमेरिका र उसको सहयोगी इजरायल विरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ।

यस आदेश अन्तर्गत आईसीसीका अधिकारीहरु र उनीहरुका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने जो कोहीलाई आर्थिक र भिसा प्रतिबन्ध लगाइएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन्।

गत नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो। आईसीसीले नेतन्याहु माथि गाजामा युद्ध अपराध गरेको आरोप लगाएको थियो, जसलाई इजरायलले अस्वीकार गर्दै आएको छ।

आइसीसीले हमास कमाण्डरविरुद्ध वारेन्ट पनि जारी गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *