अनिता चौधरीको नेतृत्वमा थारू महिला समाजमा नयाँ कार्यसमिति

स्थापनाकालदेखि सल्लाह र सहयोग गर्नेलाई सम्मान

डिसी नेपाल
२७ माघ २०८१ १०:२४
52
Shares

काठमाडौं। थारू महिला समाज नेपालको केन्द्रीय अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी छिन् । शनिबार आयोजित छैठाैं राष्ट्रिय महाधिवेशनबाट थारू महिला समाज नेपालको अध्यक्षमा अनिता चौधरी निर्वाचित भएकी हुन्।

यस्तै महिला समाजको केन्द्रीय उपाध्यक्षमा इन्दु चौधरी निर्वाचित भएकी छिन् भने महासचिवमा मायाकुमारी चौधरी निर्वाचित भएकी छन् । यस्तै समाजको सचिवमा सरला चौधरी र कोषाध्यक्षमा चिन्तामणि चौधरी निर्वाचित भएका छन् ।

यसैगरी थारू महिला समाजको केन्द्रीय सदस्यहरूमा बन्दना चौधरी, सुशीला चौधरी, सीता चौधरी, सविता चौधरी, शशि कुमारी चौधरी,बबिता चौधरी, पिंकी कुमारी चौधरी र सुशिला कुमारी चौधरी निर्वाचित भएका छन् ।

उनीहरूलाई शनिबार नै पद तथा गोपनीयताको शपथ निर्वाचन अधिकृत एवं अधिवक्ता सोनु थारूले गराइएकी थिइन् । कार्यक्रममा थारू महिला समाज नेपालको निवर्तमान अध्यक्ष गीता चौधरीको विदाइ गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारू महिलाहरू अब थप सशक्तिकरणमा जोड दिनुपर्ने बताए । उनले भने, ‘ अहिले थारू महिलाहरू थप जागृत र सशक्त भएर अगाडी बढ्नु जरूरी छ।’ समाजमा विकृति र विसंगती बढिरहेको भन्दै यसको लागि सचेना कक्षा चलाउनु जरूरी रहेको उनकव भनाइ थियो ।

यस्तै विशिष्ट अतिथि एवं थारू भसा साहित्य केन्द्रका अध्यक्ष (भाषाविद्) भुलाई चौधरीले थारूहरू मधेश प्रदेशमा भूगोलको लडाइँ हारे पनि पहिचानको लडाइँ जित्नु जरूरी रहेको बताए । उनले भने, ‘ अहिले मधेश प्रदेशमा थारू भाषालाई नामेट पार्ने काम भइरहेको छ। यसअघि हामीले थरूहट प्रदेशको नामाकरण गर्न सकेनौ । तर हाम्रो भाषामाथि पनि आक्रमण हुँदैछ । यसका लागि सम्पूर्ण थारूहरू सचेत र जागरूक हुन जरूरी छ।पहिचान मेटाउनबाट सतर्क हुनुपर्दछ।’

कार्यम्रममा अधिवक्ता बुद्धसेन चौधरी र महेश्वप्रसाद चौधरीले स्थापनाकालमा थारू महिलाहरूले हरेक आन्दोलनमा साथ दिएको र पहिचानको मुद्धालाई स्थापित गर्न ठुलो योगदान दिएको भन्‍दै अब आउने नयाँ नेतृत्वले उहाँहरूको पदचाप पछ्याउनुपर्ने जिकिर गरे ।

यस्तै थारू महिला समाज उपत्यका समितिकी उपाध्यक्ष मालती चौधरीले थारु समाजमा अहिले युवायुवतीहरुमा धेरै विकृति देखिएको बताइन् । उनले भनिन्, ‘थारू समाजमा अहिले विवाहदेखि ब्रतबन्धसम्म विकृति भित्रिएको छ। युवायुवतीहरुमा नैतिकताको अभाव खड्किएको छ। विवाहमा युवायुवतहरुले आफ्नो अभिभावको क्षमताभन्दा बढी दाइजो, गरगहना र दाइजोको रुपमा माग्ने चलन भित्रिरहेको छ।’

उनले थारू समाजमा चेतनाको दियो, सचेतनाको कार्यक्रम, र महिला सशक्तीकरण गर्नुपर्ने खाचो रहेको बताइन् ।

स्थापनाकालदेखि सल्लाह र सहयोग गर्नेलाई सम्मान

कार्यक्रममा थारू समाजलाइ समाजलाई स्थापनाकालदेखि नै सल्लाह र सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा अधिवक्ता महेश्वर प्रसाद चौधरी, अधिवक्ता बुद्धसेन चौधरी, थारू विद्यार्थी समाज नेपालका अध्यक्ष चन्द्रप्रसाद चौधरी, थारू विद्यार्थी समाज नेपालका पूर्वअध्यक्ष सीएन थारू, थारू भाषा साहित्य केन्द्रका महासचिव सियाराम चौधरी, स्वयम कन्स्ट्रक्शन प्रालिका प्रोपाइटर शत्रुघ्नप्रसाद चौधरी, थारू कल्याणकारिणी सभा उपत्यकाका सभापति प्रेमिलाल चाैधरी, थारू कल्याणकारिणी सभा उपत्यका समितिको सचिव उमेश चौधरी, रामस्वागत चौधरी, धर्मलाल चौधरी, सीमा चौधरी, प्रह्लाद चौधरी लगात रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *