अनेसास महिला समिति ‘सिर्जनामा नारी-४’ प्रकाशनको तयारीमा
अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको महिला समिति नेपाली साहित्यको प्रवर्द्धन तथा महिला स्रष्टाहरूको सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्ने लक्ष्यका साथ ‘सिर्जनामा नारी–४’ प्रकाशनको तयारीमा जुटेको छ।
चौथो संस्करणमा प्रवेश गर्न लागेको यो प्रकाशनमा महिलाहरूका विविध साहित्यिक रचनाहरू समेटिनेछन्।
महिला समितिकी संयोजक उर्मिला निर्दोषीका अनुसार इच्छुक महिला स्रष्टाहरूले आफ्ना रचनाहरू अप्रिल ३०, २०२५ सम्म [email protected] मा पठाउन सक्नेछन्। यस वर्षको प्रकाशन ‘लैङ्गिक समानतातर्फको प्रगति कार्यलाई तीव्र बनाऔँ’ भन्ने नारासहित अघि बढ्दै छ।
महिला स्रष्टाहरूको पहिचान, सिर्जनशीलता, र योगदानलाई उजागर गर्दै साहित्यिक क्षेत्रमा लैङ्गिक समावेशीकरणलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले यो विशेष अंक प्रकाशन गर्न लागिएको हो।
महिला समितिले सम्पूर्ण इच्छुक स्रष्टाहरूलाई तोकिएको समयसीमाभित्र रचना पठाउन आग्रह गरेको छ। त्यस्तै अनेसास महिला समिति को नारा “नेपाली भाषाको जगेर्ना गरौँ, हाम्रो पहिचान बचाऔ” भन्ने रहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment