ट्रम्पले बेलायती राजकुमार ह्यारीलाई पनि देशनिकाला गर्न सक्ने !

डिसी नेपाल
२८ माघ २०८१ ११:३२
5.0k
Shares

काठमाडौं । बेलायती राजकुमार ह्यारीको नाम अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश निकाला गर्ने व्यक्तिहरूको सूचीमा थपिन सक्छ।

ट्रम्पले पाँच महिनाअघि बन्द गरिएको ह्यारीको भिसासम्बन्धि मुद्दा फेरि खोल्न आदेश दिएका छन्। यदि ह्यारी भिसा प्राप्त गर्दा गलत जानकारी दिएको आरोपमा दोषी ठहरिएमा ट्रम्पले उनलाई देश निकाला गर्न सक्छन्।

यदि यसो भयो भने ह्यारी ट्रम्पको कार्यकालमा देश निकाला गरिने पहिलो विशिष्ट व्यक्ति हुनेछन्। ट्रम्पले ह्यारी र उनकी श्रीमती मेगन मार्कललाई कुनै पनि छुट नदिने बताएका छन्। मेगन अमेरिकी नागरिक हुन्, ह्यारी उनीसँगै अमेरिकामा बस्छन्।

यो मुद्दा ह्यारीको आत्मकथा ‘स्पेयर’ सँग सम्बन्धित छ, जसमा उनले किशोरावस्थामा लागूपदार्थ सेवन गरेको स्वीकार गरेका थिए। अमेरिकी भिसा लिँदा ह्यारीले यो तथ्य लुकाए। यसलाई मुद्दा बनाएर दक्षिणपन्थी संस्था हेरिटेज फाउन्डेसनले मुद्दा पुन: खोल्नको लागि निवेदन दायर गरेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *