स्कूल बसमा सिटको लागि दुई विद्यार्थीको कुटाकुट, एकको मृत्यु
काठमाडौं । तमिलनाडुको सलेम जिल्लामा दुई स्कूले बालकहरू बीचको झगडामा एकको मृत्यु भएको छ । स्कूल बस भित्र दुवै विद्यार्थी सिटको लागि झगडा गरेका थिए ।
झगडा बढ्दै गएपछि उनीहरूबीच कुटाकुट भयो । कुटाकुटको क्रममा एक विद्यार्थीले अर्का विद्यार्थीलाई जोडले धकेल्दा टाउकोमा गम्भीर चोट लाग्यो।
उपचारको क्रममा बालकको मृत्यु भयो। सलेम प्रहरीले आक्रमणकारी विद्यार्थीलाई पक्राउ गरेको छ र उनलाई किशोर न्याय बोर्ड समक्ष पेश गर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment