हमासले सबै बन्धक रिहा नगरे युद्धबिराम सम्झौता रद्द गर्ने ट्रम्पको धम्की

डिसी नेपाल
२९ माघ २०८१ १६:०५
320
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि हमासले बन्धक बनाइएका सबै नागरिकलाई रिहा नगरे इजरायलसँगको युद्धविराम सम्झौता रद्द गर्नुपर्ने बताएका छन् ।

उनले भने – उनी एक वा दुई जनालाई मात्र होइन, सबै बन्धकहरूलाई रिहा गर्न चाहन्छन्।

हमासले सोमबार इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरिरहेको कारणले बन्धकहरूको रिहाइमा अवरोध गरिरहेको बताएको छ।

हमासले आफ्नो विज्ञप्तिमा भनेको छ, “विगत तीन हप्तामा हाम्रो नेतृत्वले शत्रुले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखेको छ।”

हमासको बयानमा इजरायलले यो (बन्दीहरूलाई रिहा नगर्नु) सम्झौताको उल्लङ्घन हो भनेको थियो कि ।

हमास र इजरायलबीचको युद्धविराम सम्झौता जनवरी १९ मा लागू भएको थियो। हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ।

बदलामा, इजरायलले ५६६ कैदीहरूलाई रिहा गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *