खसीको भनी बाख्राको मासु बेच्ने अन्सारी पक्राउ

डिसी नेपाल
३० माघ २०८१ ९:१५
2.8k
Shares

पर्सा । खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन्।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशरोर लम्सालका अनुसार सोमबार साँझ ६ बजे अन्सारीलाई पक्राउ गरिएको हो।

आसमिन फ्रेस हाउस चलाइरहेका अन्सारीले खसीको भनी बाख्राको मासु बेचिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोली त्यहाँ पुगेको थियो।

‘प्रहरी टोली पुग्दा अन्सारीको पसलबाट खसीको अण्डकोष टाँसिएको बाख्राको मासु १५ केसी बरामद भएको छ,’ लम्सालले भने।

अन्सारीलाई कालोबजार ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट मंगलबार पाँच दिन थुनामा राख्न अनुमति लिइएको लम्सालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *