बाल गीतकार रामबाबु सुवेदीले ल्याए ‘आफूसित आफैँ दंग’
काठमाडौं । बालसाहित्यकार तथा गीतकार रामबाबु सुवेदीले ‘आफूसित आफैँ दंग’ बोलको बालगीत बजारमा ल्याएका छन्।
रामबाबु सुवेदी अफिसियल नामक युट्युब च्यानलबाट सार्वजनिक गीतले बालबालिकालाई समयको सदुपयोग गर्ने प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।
बालसाहित्यकार सुवेदीको शब्द रचना रहेको गीतमा दीपक शर्माले संगीत भरेका हुन्। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन छ।
आर्यभ डंगोल, पारिका श्रेष्ठ, ओश्ना छेत्रीसहित यस बालगीतमा डियरवाक सिफल स्कुलका बालबालिकाले गायन र अभिनय छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment