अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किने
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको उपचार जारी रहेको छ।
पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार हाल गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको र आजै काठमाडौं फर्कने भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment