एमाले ओलीको निजी आदेशमा चल्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले केपी ओलीको निजी आदेश चल्ने गरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले नेकपा एमाले ‘केपी बा’को पार्टी भएको र त्यहाँ उनको मात्र आदेश चल्ने भन्दै कम्युनिष्ट पार्टीको चरित्र गुमाएको बताए।
उनले भने, ‘नेकपा एमाले पार्टी नेकपा एमाले होइन्, ‘केपी बा’को पार्टी हो। केपी बा को पार्टी भएको हुनाले उहाँको त्यहाँ आदेश चल्छ। कम्युनिष्ट पार्टीको चरित्र गुमाएको छ। उहाँको नीजि आदेश मात्र चल्छ। उहाँले जुन विचार भन्नुहुन्छ, निर्देशन दिनुहुन्छ, निर्णय गर्नुहुन्छ त्यसको पालन मात्र गर्नुपर्ने हुन्छ। अरु कुनै विकल्प छैन। त्यसैले त्यो पार्टी पार्टीका रुपमा छैन्।’
उनले पद ओगटेर बसेर र गफ गरेर पार्टी नबढ्ने भन्दै गाँउ गाँउमा गएर जनताको समस्या उजागर गर्ने काममा लाग्नुपर्ने पनि उनको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment