नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु
काठमाडाैं। भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा अस्वभाविक भीडका बीच भागदौड मच्चिदा १५ जनाको मृत्यु भएको छ। घटनामा अन्य १० जना घाइते भएका छन्।
नयाँ दिल्लीको लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले शनिबार साँझ रेलवे स्टेशनमा हजारौं मानिसहरूको भिड लागेपछि भागदौड मच्चिदा १५ जनाको मृत्यु भएको पुष्टि गरिन्।
रोयटर्सका अनुसार मृत्यु हुनेमा १० जना महिला र ३ बालबालिका रहेका छन्। भारतको प्रयागराजमा जारी कुम्भ मेलामा जाने र आउनेको अत्यधिक भीडमा भागदौड मच्चिँदा अप्रिय घटना भएको हो।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक संजाल एक्समा पोष्ट गर्दै दिल्ली घटनामा प्रति दुःख व्यक्त गर्दै पीडित परिवारमा समवेदना प्रकट गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment