महासचिव पोखरेलद्वारा अर्थमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्यलाभको कामना
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्यलाभको कामना गरेका छन्।
महासचिव पोखरेल आज अस्पताल पुगी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। सो क्रममा उनले स्वास्थ्यलाभको कामना गरेको उनका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिए।
उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उद्घाटनका क्रममा बेलुन पड्किँदा घाइते भई हाल उक्त अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका छन्।
उनीहरुको अवस्था बुझ्न र स्वास्थ्यलाभको कामना गर्न राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसमेत अस्पताल पुगेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment