पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान

डिसी नेपाल
५ फागुन २०८१ १२:१५
400
Shares

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन्। सोमबार बिहान उनी निजी भ्रमणका क्रममा बैंकक प्रस्थान गरेकी हुन्।

भण्डारी सोमबार बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा बैंकक प्रस्थान गरेकी हुन् । उनको भ्रमणको उद्देश्यबारे केही सार्वजनिक भएको छैन।

राष्ट्रपतिको सात वर्षे कार्यकाल बिताएर फर्केकी भण्डारी पहिलोपल्ट विदेश भ्रमणमा निस्किएकी हुन्। एमालेको सक्रिय राजनीतिमा आउने चर्चा भइरहेका बेला भण्डारीको विेदश भ्रमणलाई महत्वका साथ हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *