युक्रेन आक्रमणलाई इटालीका राष्ट्रपतिले ‘नाजी’सँग तुलाना गरेपछि रूसी ह्यकारको आक्रमण

डिसी नेपाल
७ फागुन २०८१ ८:३९
1.2k
Shares

काठमाडौं। इटालीकी राष्ट्रपतिले युक्रेन आक्रमणलाई नाजीहरूसँग तुलना गरेपछि रूसी ह्याकरहरूले इटालीका धेरैवटा वेबसाइटहरूमा आक्रमण गरेका छन्।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक रुस समर्थक ह्याकर समूहले इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाको भाषणको प्रतिक्रियामा इटालियन सरकारी वेबसाइटहरूमा आक्रमण गरेका हुन्।

सामाजिक सञ्जालमा आक्रमणको घोषणा गर्ने ‘नो नेम ५७’ नामक ह्याकर समूहले इटालीको रक्षा, आन्तरिक र यातायात मन्त्रालयका साथै कानून प्रवर्तन एजेन्सीहरूको वेबसाइटमा आक्रमण गरेका छन् ।

समाचार अनुसार सो ह्याकर समूहले इटालियन बैंक, बन्दरगाह, एयरपोर्ट र स्थानीय यातायात एजेन्सीहरूमा आक्रमण गरेको बताएको छ तर ती आक्रमणहरूले ठूलो अवरोध उत्पन्न भने गरेको छैन ।

गत फेब्रुअरी ५ मा मार्सेलीमा एक भाषणमा राष्ट्रपति मटारेलाले भने कि दोस्रो विश्वयुद्धको नेतृत्व गर्ने ढाँचाहरू दोहोरिरहेका छन, जसमा नाजी शैली पनि कायम रहेको जनाएका थिए ।

‘यो युरोपमा तेस्रो युद्द गराउने रियोजना थियो, युरोप विरुद्धको आजको रुसको आक्रमण यस्तो प्रकृतिको हो,’ उनले भनेका थिए

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *