पाकिस्तानको बलुचिस्तानमा मानिसहरूलाई बसबाट ओरालेर गोली हानेर मारियो
काठमाडौं । पाकिस्तानको बलुचिस्तानको बरखान जिल्लामा अज्ञात आक्रमणकारीहरूले यात्रुवाहक बसमा गोली चलाएका छन्। यसपछि आक्रमणकारीहरूले मानिसहरूलाई बसबाट बाहिर निकालेर हत्या गरे।
यो आक्रमण मंगलबार र बुधबारको बीचमा भएको थियो।
बरखानका उपायुक्त वकार खुर्शीदले बीबीसीलाई बताएअनुसार अज्ञात आक्रमणकारीहरूले क्वेटाबाट लाहोर जाँदै गरेको यात्रु बसलाई निशाना बनाएका थिए।
उनले भनेअनुसार आक्रमणकारीहरूले सात जनालाई बसबाट निकालेर हत्या गरेका थिए।
उपायुक्तले प्रारम्भिक अनुसन्धानबाट मृतकहरू पाकिस्तानको पञ्जाबका भएको पत्ता लागेको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment