युक्रेनमा युद्ध समाप्त भएमा बेलायती सेना शान्ति कायम गर्न जान तयार

डिसी नेपाल
७ फागुन २०८१ १२:४४
1.1k
Shares

काठमाडौं । बेलायती सेनाले सरकारको अनुरोधमा युक्रेनमा तैनाथ गर्न तयार रहेको बताएको छ।

यस हप्ता २,५०० ब्रिटिश सेनाले रोमानियामा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को अभ्यासमा भाग लिइरहेका छन्। यो युक्रेनी सीमाबाट केवल २५ किलोमिटर टाढा छ।

ब्रिगेडियर एन्डी वाटसनको पर्यवेक्षणमा ब्रिटिश सेनाले नेटो अभ्यासमा भाग लिइरहेको छ। उनका अनुसार यदि युक्रेनमा सेना तैनाथ गर्ने आदेश प्राप्त भयो भने उनको ब्रिगेड “पूर्ण रूपमा तयार” छ।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले पनि हालै भनेका यदि युद्धविराम भयो भने उनी युक्रेनको रक्षा गर्न बेलायती सेना पठाउन तयार छन्।

युक्रेनमा जारी युद्ध अन्त्य गर्न मंगलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले साउदी अरेबियामा शान्ति वार्ता गरेका छन्।

यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूलाई रुस-अमेरिका वार्तामा निमन्त्रणा नगरिएको बताए।

जेलेन्स्कीले हालै भनेका छन् कि रूसबाट आउने खतरालाई ध्यानमा राख्दै युरोपले आफ्नो सुरक्षाको लागि आफ्नै सेना बनाउनुपर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *