युक्रेन युद्ध अन्त्य गर्न पुटिनले जेलेन्स्कीसँग कुरा गर्न सक्ने तर जेलेन्स्कीको वैधतामाथि नै प्रश्न

डिसी नेपाल
७ फागुन २०८१ १३:४१
1.5k
Shares

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कुरा गर्न सक्ने रुसले संकेत गरेको छ ।

साउदी अरेबियामा अमेरिका र रुसी विदेशमन्त्रीहरूको नेतृत्वमा प्रतिनिधिमण्डलहरू बीचको वार्ताको क्रममा क्रेमलिनले राष्ट्रपति पुटिन आवश्यक परेमा जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको संकेत गरेको छ।

“पुटिनले आफैंले भन्नुभएको छ, आवश्यक परेमा उहाँ जेलेन्स्कीसँग वार्ता गर्न तयार हुनुहुन्छ,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने “तर जेलेन्स्कीको वैधतामाथि प्रश्न उठ्न सक्ने भएकाले, सम्झौताको कानुनी आधारमा वार्ता गरिनु आवश्यक छ।”

गत वर्ष मे महिनामा राष्ट्रपतिको रूपमा जेलेन्स्कीको कार्यकाल समाप्त भएपछि पुटिनले बारम्बार उनको वैधतामाथि प्रश्न उठाउँदै आएका छन्।

युक्रेनी अधिकारीहरूले युक्रेनमा रुसको आक्रमण र मार्शल लका कारण देशमा राष्ट्रपति चुनाव व्यावहारिक रूपमा असम्भव भएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *