‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’

डिसी नेपाल
७ फागुन २०८१ २२:३९
64
Shares

तुलसीपुर। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विद्यार्थी विदेश जाने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्। दाङमा आज आयोजित कार्यक्रममा उनले १२ कक्षा उत्तिर्ण गरेर विद्यार्थीहरू विदेश जाने गरेकाले त्यस्तो अवस्था अन्त्य हुनुपर्ने बताए।

‘१२ पढ्ने र विदेश जाने अवस्था छ, यसले नेपालको दक्ष जनशक्ति पलायन भइरहेका छन्’, उनले भने, ‘हामीले विद्यार्थीहरू स्वदेशमै बस्ने वातावरण तयार गर्नुपर्छ।’ धेरै अभिभावकहरू गिट्टी कुटेर आफ्ना सन्तानलाई पढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले त्यस्ता अभिभावकलाई सम्मान गर्नुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *