यस्तो छ म्यान्मारविरुद्ध फाइनल खेल्ने नेपाली लाइन अप
काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको म्यान्मारविरुद्ध फाइनल खेलको नेपाली लाइन अप सार्बजनिक गरिएको छ।
आजको खेलमा सावित्रा भण्डारी साम्बा, सबिता राना मगर र रेखा पौडेलले फरवार्डको जिम्मेवारी सम्हाल्ने छन्।
म्यान्मारविरुद्धको नेपाली टिममा अन्जिला सुब्बा (गोलकिपर), समिक्षा घिमिरे, गीता राना, बिमला विक, पुजा राना, प्रिती राई, रेनुका नगरकोटी, सरु लिम्बुसहित सबिता, सावित्रा र रश्मी रहेका छन्।
आज साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दै छन्। फिफा वरियतामा ५५औ स्थानमा रहेको बलियो टिम म्यान्मारलाई लिग चरणमा रोकेको नेपाली टिम फाइनलका लागि उत्साहित देखिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment