च्याम्पियन्स ट्रफीमा आज अफगानिस्तान र अस्ट्रेलिया भिड्दै
काठमाडौं। जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुँदैछ। पाकिस्तानको लाहोरमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ।
प्रतियोगितामा अस्ट्रेलियाको २ खेलमा ३ अंक रहेकाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ। अस्ट्रेलियाले इङल्याण्डविरुद्धको खेल जितेको थियो भने दक्षिण अफ्रिकाविरुद्धको खेल बर्षाले रद्ध हुदा अंक बाँडेको थियो। यस खेलमा हारले अस्ट्रेलियाको सेमिफाइनलको दौड समाप्त हुने छ भने बर्षाले खेल हुन नसकेमा अन्य खेलको नतिजामा भर पर्नुपर्ने छन्। जितले भने अस्ट्रेलियालाई सेमिफाइनलमा पुर्याउने छ।
त्यसैगरी अफगानिस्तानले पहिलो खेलमा दक्षिण अफ्रीकासँग हार बेहोरे पनि दोस्रो खेलमा इङल्याण्डलाई पराजित गरेर प्रतियोगितामा कमब्याक गरेको थियो। अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउन यो खेल जित्नै पर्ने अवस्था रहेको छ। बर्षाले खेल रद्द भएमा वा हार बेहोरेमा अफगानिस्तान च्याम्पियन्स ट्रफीबाट बाहिरिने छ।
अस्ट्रेलिया र अफगानिस्तानबीच हेड टू हेडको कुरा गर्दा दुवै देशबीच अहिलेसम्म केवल ४ एकदिवसीय खेल भएका छन्। जसमा सबै खेल अस्ट्रेलियाले जितेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment