कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान
काठमाडौं । राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आफ्नो क्लब ड्युटीका लागि प्रस्थान गरेकी छन्।
एन्जिला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्छिन्। उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाहलगायतले बिदाइ गरेका थिए।
यसअघि बिहीबार राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि आ-आफ्नो क्लबमा फर्किएका थिए।
पौडेल युएईको आबु धाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्छिन भने साम्बा फ्रान्सको महिला लिग क्लब इ ए गुइङ्ग्याम्पबाट खेल्ने गर्छिन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment