आज केपी ओली कप सेमिफाइनलको दोस्रो खेल हुँदै
काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपमा सेमिफाइनलको दोस्रो खेल आज हुँदैछ। आज केपी एफसी क्लब र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुनेछ।
खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साझ ५ बजे देखि सुरु हुने छ। हिजो भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसी लाइ २–१ ले हराउदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ।
फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ।
राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एबम प्रवक्ता कृष्णहरि केसी अनुसार फाल्गुन १९ मा कुमा सागर एण्ड ख्वपा, पूर्ण राई एण्ड दाजु-भाइको प्रस्तुति रहने छ भने सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन फाइनल हेर्न नेपाल आउने छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment