च्याम्पियन्स ट्रफीमा आज दक्षिण अफ्रिका र इङल्याण्ड खेल्दै
काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज दक्षिण अफ्रिका र इङल्याण्डबीच खेल हुदै छ।
पाकिस्तानको कराचीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २:४५ बजेदेखि शुरु हुने छ।
जारी च्याम्पियन्स ट्रफीमा इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिर भइसकेको छ। इङल्याण्ड यस अघिका आफ्ना अस्ट्रेलिया र अफगानिस्तानसँगका खेलमा हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको हो।
त्यस्तै दक्षिण अफ्रिकाको भने २ खेलमा ३ अंक रहेको छ र अहिले समुह बी मा दोस्रो स्थानमा छ। यो खेलमा जित हासिल गरेमा वा बर्षाले प्रभावित गरेको खण्डमा पनि दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्ने छ। साथै इङल्याण्डसँग हार बेहोरे पनि दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना कायमै रहेको छ। अफगानिस्तानसँग समान ३-३ अंक रहेपनि दक्षिण अफ्रिकाको रनरेट २.१४० रहेको छ भने अफगानिस्तानको -०.३०५ रहेको छ।
त्यस्तै हेड टू हेडको कुरा गर्दा दुवै देशबीच अहिलेसम्म ७० एकदिवसीय खेल भएका छन्। जसमा दक्षिण अफ्रिकाले ३४ खेल जितेको छ भने इङल्याण्डले ३० खेल जितेको छ। त्यस्तै ५ खेलको कुनै नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment