आजिख्य रहाने बने कोलकोताको कप्तान
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्सले सिनियर खेलाडी आजिख्य रहानेलाई आफ्नो कप्तान बनाएको छ।
कोलकोताले सोमबार आजिख्यलाई २०२५ सिजनका लागि कप्तान बनाएको जानकारी दिएको हो। त्यस्तै कोलकोताले वेंकटेश अय्यरलाई उपकप्तान बनाएको छ।
आजिख्यलाई कोलकोताले अक्सनबाट डेढ करोड भारुमा लिएको थियो।
गत सिजन कोलकोताको कप्तानी गरेका श्रेयस अय्यरलाई रिलिज गरेपछि कोलकोताको कप्तान को बन्ने भन्ने बारे अनेकौ अड्कलबाजी भएका थिए। ३६ बर्षिय रहाने यस अघि मुम्बई इण्डियन्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स जस्ता फ्रेंचाइजीबाट आइपिएल खेलिसकेका छन् भने २०२२ मा कोलकोताबाट पनि आइपिएल खेलेका थिए। उनी हाल मुम्बईको रणजी टिमको कप्तान पनि हुन्।
यस सिजनको आइपिएल यहि मार्च २२ देखि शुरु हुदै छ। कोलकोताले पहिलो दिन नै आफ्नो घरेलु मैदान इडेन गार्डेनमा रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दै छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment