सेमिफाइनलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै अस्ट्रेलिया

डिसी नेपाल
२० फागुन २०८१ १४:३०
256
Shares

काठमाडौं। जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ। पहिलो सेमिफाइनल भारत र अस्ट्रेलिया खेल्दै छन्।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेलमा अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन्। योसँगै भारतले पहिला बलिङ गर्ने भएको छ।

भारत समूह ए को विजेताको रुपमा सेमिफाइनल खेल्दै छ भने अस्ट्रेलिया समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो। प्रतियोगितामा दुवै अपराजित रहेका छन्।

आइसीसी प्रतियोगितामा भारतमाथि अस्ट्रेलिया धेरै जसो हावी हुुँदै आएको छ। २०२३ मा भारत आफ्नै घरेलु मैदानमा एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो। अब यस सेमिफाइनलमा भारतका अगाडी अस्ट्रेलियासँग बदला लिने अवसर रहेको छ।

भारत र अस्ट्रेलियाबीच एकदिवसीय क्रिकेटमा हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म १५१ खेल भएका छन्। जसमा अस्ट्रेलियाले ८४ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ। त्यस्तै १० खेलको कुनै नतिजा आएको छैन।

त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुँदै छ। आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *