एउटै डोरीमा झुन्डिएको अवस्थामा किशोर-किशोरी मृत फेला
विराटनगर । मोरङको पथरीशनिश्चरेमा किशोर–किशोरी एउटै डोरीमा रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।
पथरीशनिश्चरे नगरपालिका–५ को मौलीबारीस्थित बक्राहा खोलाको किनारको रुखमा उनीहरू मृत फेला परेका हुन्।
मंगलबार मृत फेला पर्नेमा पथरीशनिश्चरे–५ का २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की २२ वर्षीया जुबामुनी हस्दा रहेका छन्।
उनीहरू दुवै विवाहित भएको र घटनाबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ। महिलाका श्रीमान् कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेश छन्।
मृतक अजयको घरमा पनि पत्नी, चार र दुई वर्षका दुई छोरा छन्। उनीहरू प्रेम सम्बन्धमा रहेको हुन सक्ने प्रहरी आशंका छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment