अस्ट्रेलियाले भारतलाई दियो २६५ रनको लक्ष्य
काठमाडौं । अस्ट्रेलियाले भारतलाई २६५ रनको लक्ष्य दिएको छ। जारी आइसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अल आउट हुदै २६४ रन बनाएको हो।
अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्बाधिक ७२ रन बनाए भने एलेक्स केरीले ६१ रन बनाएका थिए। त्यस्तै ट्राभिस हेडले ३९ रन बनाए भने मार्नस लाबुसचागनेले २९ रन बनाएका थिए। त्यस्तै बेन ड्वारशुइसले १९ र नाथन एलिसले ११ रन बनाएका थिए।
त्यसैगरी भारतीय बलर मोहमद शामीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २-२ तथा हार्दिक पाण्डेय र अक्सर पटेलले एक एक विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment