दूतावास च्याम्पियनसिप : नेपाललाई जोर्डनद्वारा आठ गोल प्रहार

डिसी नेपाल
२० फागुन २०८१ १९:०४
632
Shares

काठमाडौं । कतारमा सोमबारदेखि जारी दूतावास च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली दूतावासलाई जोर्डन दूतावासले आठ गोल गरेको छ।

कतार सरकारको खेलकुद मन्त्रालयअन्तर्गत रहेको ‘अस्पायर जोन’को आयोजनामा खलिफा फुटसलमा भएको दूतावास च्याम्पियनसिप फुटबल खेलमा विभिन्न २४ देशका दूतावास सहभागी छन्।

हिजोबाट सुरु भएको पहिलो चरणको ग्रुप ‘ए’ अन्तर्गतको खेलमा ट्युनिसिया दूतावासले ताजकिस्थान दूतावासलाई आठ गोल गरेको थियो भने दोस्रो चरणको ग्रुप ‘बी’ अन्तर्गत जोर्डन दूतावासले नेपाली दूतावासलाई दुईका विरुद्ध आठ गोल गरेको थियो। अन्तिम खेल ग्रुप ‘सी’ अन्तर्गत चाइनीज दूतावासले सोमालिया दूतावासलाई तीन गोल गरेको हो।

दूतावास च्याम्पियनसिप खेलमा नेपाली दूतावासका प्रथम सचीव कृशु क्षेत्री उपस्थित भएका थिए। क्षेत्रीले पहिलो पटक यसरी नेपाली दूतावास मैत्रीपूर्ण खेलमा सहभागी भएको जनाए। उचित खेलमैदान र खेल सामाग्रीको अभावले गर्दा हाम्रा नेपालीहरुले फुटबलमा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ थियो। अर्को खेल शनिबार राति १० बजे सिरिया र नेपालबीच हुनेछ।

अबको खेल पहिलो हाफ २० मिनेट र दोश्रो २० मिनेट गरी जम्मा ४० मिनेटको हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *