भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
काठमाडौं। भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ।
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य पछाएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।
भारतको जितमा विराट कोहलीले सर्बाधिक ८४ रन बनाएका थिए भने श्रेयस अय्यरले ४५ रन बनाएका थिए। त्यस्तै केएल राहुलले ४२ बनाए भने कप्तान रोहित शर्मा र हार्दिक पाण्डेयले २८-२८ रन बनाएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अल आउट हुदै २६४ रन बनाएको थियो।
अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्बाधिक ७२ रन बनाए भने एलेक्स केरीले ६१ रन बनाएका थिए। त्यस्तै ट्राभिस हेडले ३९ रन बनाए भने मार्नस लाबुसचागनेले २९ रन बनाएका थिए। त्यस्तै बेन ड्वारशुइसले १९ र नाथन एलिसले ११ रन बनाएका थिए।
त्यसैगरी भारतीय बलर मोहमद शामीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २-२ तथा हार्दिक पाण्डेय र अक्सर पटेलले एक एक विकेट लिए।
अब फाइनलमा भारतले आज हुने दोस्रो सेमिफाइनलको दक्षिण अफ्रिका र न्युजील्याण्डबीचको विजेतासँग आगामी आइतबार फाइनलमा खेल्ने छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment