एटलेटिकोमाथि रियल म्याड्रिड विजयी

डिसी नेपाल
२१ फागुन २०८१ ७:४२
264
Shares

काठमाडौं। युइएफएच्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जित मा रोड्रीगो र ब्राहिम डियाजले एक एक गोल गरेका थिए भने एटलेटिको म्याड्रिडको लागि एक गोल जुलियन अल्भारेजले गरेका थिए।

यो जितपछि आफ्नो घरेलु मैदानमा सम्पन्न राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले झिनो अग्रता हासिल गरेको छ। अब दोस्रो लिग एटलेटिको म्याड्रिडको मैदानमा मार्च १३ मा हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *