रिंकुकुमारीको बलात्कार घटनाका मुख्य आरोपित पक्राउ

डिसी नेपाल
२१ फागुन २०८१ १३:०३
284
Shares

काठमाडौं । सिरहाकी रिंकुकुमारी सदाको बलात्कारपछि फरार मुख्य आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।

गएको माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केका बेला नवराजपुर गाउँपालिका–१, भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारीको सामूहिक बलात्कार भएको थियो। पीडित पक्षको उजुरीपछि फरार रहेका रूपेश मण्डललाई प्रहरीले गए राति पक्राउ गरेको हो।

प्रहरीमा जाहेरी दिनुको साटो माघ २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना सामसुम पार्ने प्रयास गरिएकोमा माघ ३० गते साँझ रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

उक्त घटना सार्वजनिक भएपछि मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो। त्यसपछि पीडित परिवारले रूपेशसहित आठजनाविरुद्ध पूरक जाहेरी दर्ता गराएको थियो। सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *