जिप दुर्घटनामा चालकको मृत्यु, दुई घाइते
खलङ्गा (दार्चुला)। यहाँको महाकाली नगरपालिका-२ मैखोलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र-००१-ज-०००५ नम्बरको जिप आज ४ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिए।
दुर्घटनामा जिप चालक महाकाली नगरपालिका-२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी जिपमा सवार सुशान्त भुल र सागर भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो। दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment