यातायातलाई सुरक्षित बनाउन प्रविधिमैत्री बनाइने

डिसी नेपाल
२२ फागुन २०८१ १७:४७
104
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई सुरक्षित बनाउन प्रविधिमैत्री बनाउने तयारी गरेको छ।

विभागले यात्रुबहाक सवारी साधानमा अनलाईन भुक्तानी, जिपिएस जडानलगाएतका कार्य गरी प्रविधिमैत्री बनाउने तयारी गरेको हो। यस विषयमा विभागले बिहीबार सरोकारवाला निकायसंग छलफल गरेको थियो।

छलफलका क्रममा बिभागका महानिर्देशक राजिव पोखरेलले सार्वजनिक यातायातको डाटालाई एकीकृत गर्न सके यस क्षेत्रलाई सुरक्षित बनाउन सकिने बताए। उनले देशभर रहेका तौलपुललाई पनि प्रविधिमैत्री बनाइने जानकारी दिए।

पोखरेलले सरकार र सरोकारवाला सबै मिलेर काम गर्न सके सकारात्मक नजिता निस्कने बताए। उनले इम्बोस्ड नम्बर प्लेड जडानका क्रममा देखिएका समस्या समाधान हुने उल्लेख गरे।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायात सञ्चालनमा देखिएका समस्यालाई हल गर्नुपर्ने बताए। अनलाइन टिकेटिङ, जिपीएस जडान लगाएतका कार्यलाई सुरु गर्नुपर्ने उनले बताए। उनले सिमलताल दुर्घटनापछिको अध्ययन प्रतिवेदनले सुधारका विषय औल्याए पनि त्यसलाई राज्यले कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाए।

त्यस्तै इम्वोस्ड नम्बर प्लेड जडानका देखिएको समस्या समेत समाधान हुनुपर्नेमा यातायात व्यवसायीले जोड दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *