पशुपति विकास कोष र काठमाडौं महानगरबीचको सम्झौता खारेज
काठमाडौं । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच धर्मशाला सञ्चालन गर्ने बारेको सम्झौता खारेज भएको छ।
उच्च अदालत पाटनले सो सम्झौता खारेज गरेपछि गौशाला धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिले नै पाएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिले नै गर्न पाउने फैसला गरेको हो।
कोषले मारवाडी सेवा समितिसँगको सम्झौता रद्द गरेको थियो । सो विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत चलेको थियो। काठमाडौं जिल्ला अदालतले कोषको पक्षमा फैसला गरेसँगै महानगरसँग अर्को सम्झौता गरिएको थियो।
माथिल्लो अदालतमा पुनरावेदन जाने समय बाँकी छदै कोष र महानगरबीच सम्झौता भएको भन्दै मारवाडी सेवा समितिले आपत्ति जनाउँदै आएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment