बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी
काठमाडौं। नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरौलाका अनुसार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र, वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आशीष पौडेलले उम्मेदवारी दिएका छन्।
आगामी चैत २३ गते २५ नयाँकार्यसमितिका लागि निर्वाचन हुँदैछ। महासचिवमा भने वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला, अधिवक्ता हरिशरण कार्की र अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment