महुली लघुवित्तको वार्षिक साधारण सभा आज
काठमाडौं। महुली लघुवित्तले १२औं वार्षिक साधारण सभा आज फागुन २३ गते शुक्रबार बस्दैछ। सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन। यसअघिनै कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन ९ गते बुक क्लोज गरिसकेको छ। यसर्थ, फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्। सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment