बलात्कार आरोपमा १८ वर्ष मुनीका सात किशोर पकाउ
हेटौंडा । मकवानपुरमा युवतीलाई बलात्कार गरेको आरोपमा १८ वर्षमुनिका साता किशोर पकाउ परेका छन् ।
गत माघ ६ गते बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका-२, स्थित वनस्खण्डी मन्दिर माथिको जंगलमा युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
पीडित युवतीले २१ फागुनमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिइन्। प्रहरीले २२ फागुनमा हेटौंडाका विभिन्न स्थानमा बस्ने ५ जना आरोपित किशोरहरुलाई नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए। आरोपित थप दुई जना किशोरलाई २३ फागुनमा पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए।
No ads found for this position
प्रतिक्रिया

Facebook Comment