खैरो हेरोइनसहित तीन जना पक्राउ

डिसी नेपाल
२४ फागुन २०८१ १४:२४
180
Shares

कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरापलिका–१ खल्ला स्थित सुदूरपश्चिम प्रदेश ०१–०१३ प १४५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा २ दशमलव शून्य ७ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पुर्नवास नगरापलिका–१ अंशुबर्मा बस्ने २२ वर्षीय अभिषेक मोक्ताङ, कैलालीको धनगढी उपमहानगरापलिका–११ धुडसुवा बस्ने २१ वर्षीय अरुण गैराल र धनगढी उपमहानगरापलिका–८ क्याम्पस रोड बस्ने १७ वर्षीय किशोर रहेका छन्।

तीनै जनालाई खैरो हेरोइन र मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *