समाजसेवी तबरेज आलम सम्मानित

डिसी नेपाल
२४ फागुन २०८१ १५:१३
76
Shares

काठमाडौं । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्ले आफ्नो १०औं स्थापना दिवसको अवसरमा समाजसेवी तबरेज आलमलाई सम्मानित गरेको छ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतको विशेष उपस्थिति रहेको थियो। परिषद्ले युवाहरूको सामाजिक सशक्तिकरण, समावेशीकरण तथा समाज सेवामा पुर्‍याएको योगदानको कदर गर्दै आलमलाई विशेष सम्मान प्रदान गरेको हो।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री चौधरीले युवाहरू समाज परिवर्तनका संवाहक भएकाले उनीहरूलाई सही मार्गदर्शन र सम्मान दिनु सरकारको दायित्व रहेको बताए। राष्ट्रिय युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले परिषद्को स्थापना दिवसको अवसरमा सम्मानित भएका आलमको सामाजिक योगदानको प्रशंसा गरे। उनले भने, ‘युवा नेतृत्वद्वारा सञ्चालित समाजसेवामूलक कार्यहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनेछन्।’

सम्मान ग्रहण गर्दै आलमले अझ बढी सामाजिक कार्यमा समर्पित हुन हौसला प्राप्त भएको बताए। उनले आगामी दिनमा युवाहरूलाई सशक्त बनाउन र सामाजिक परिवर्तनका अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। युवा परिषद्ले युवाहरूको क्षमता अभिवृद्धि र सामाजिक परिवर्तनमा सक्रिय व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ।

यसका साथै आलम २०८० चैत १७ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पनि युवा समाजसेवी सम्मानबाट सम्मानित भएका थिए।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *