सरकार विरूद्ध चर्को नाराबाजी गर्दै राजावादीहरु सडकमा
काठमाडौं। पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल परिसरमा पुगेका राजावादीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन्।
उनीहरुले ‘केपी चोर, देश छोड्, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाउ’ लगायतका नाराबाजी गरेका हुन्।
पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौं आउने कार्यतालिका रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका राजावादी दल, संघ÷संस्थाहरुले ज्ञानेन्द्रको स्वागतमा नागरिकहरु उतारेका हुन्।
उनीहरुलाई विमानस्थल प्रवेश गर्न भने दिइएको छैन । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिएर विमानस्थल परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment