युगाण्डाविरुद्ध नेपालको संघर्षपूर्ण एक विकेटको जित
काठमाडौं । नेपालले युगाण्डालाई पराजित गरेको छ। युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा नेपालले आयोजक युगाण्डालाई एक विकेटले पराजित गरेको हो।
युगान्डाले दिएको ७६ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउदै ७५ रन बनाएको थियो।
यस सिरिजको दोस्रो खेलमा नेपालको यो पहिलो जित हो । शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो। अब नेपालले अर्को खेल सोमबार हङकङविरुद्ध खेल्ने तालिका रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment