पीएम कपमा लुम्बिनी, एपीएफ र कर्णालीको विजयी शुरुवात

डिसी नेपाल
२५ फागुन २०८१ १७:०२
76
Shares

काठमाडौं । आजदेखि शुरु भएको पीएम कपमा लुम्बिनी प्रदेश, एपीएफ र कर्णाली प्रदेशले विजयी शुरुवात गरेको छ।

सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई २६ रनले पराजित गरको हो। लुम्बिनीले दिएको २०९ रनको लक्ष्य पछाएको कोशीले ४२.४ ओभरमा अल आउट हुदै १८२ रन बनाएको थियो।

कोशीका लागि सुजन थपलियाले सर्बाधिक ३५ रन बनाएका थिए भने लुम्बिनीका बलर अजय चौहानले सर्बाधिक ५ विकेट लिएका थिए। यस अघि पहिला ब्याटिंग गरेको लुम्बिनीले आकाश त्रिपाठीको ६६ रनको सहयोगमा ४८ ओभरमा अल आउट हुदै २०८ रन बनाएको थियो।

त्यसैगरी आजै एक्स्ट्राटेक ओभल मैदान तिल्लोत्तमामा सम्पन्न अर्को खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई १०० रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ।

त्यसैगरी दाङको लमहीमा सम्पन्न अर्को खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ७९ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ।

अब पीएम कपमा भोलि लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *