गोकर्णेश्वरमा हत्या गरेर बागमतीमा फालिएको अवस्थामा महिलाको शव फेला, पाँच जना पक्राउ

डिसी नेपाल
२५ फागुन २०८१ १९:२०
2.8k
Shares

काठमाडौं । गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर बागमतीमा फालिएको अवस्थामा शव फेला परेको घटनामा संलग्न आशंकामा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालक छन्।

उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो। शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको थियो। महिलाको पहिचान खुल्न सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *