काठमाडौं उपत्यकामा बढ्यो प्रदुषण

डिसी नेपाल
२५ फागुन २०८१ १९:४२
108
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ। मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ भने प्रदुषण बढेर काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा छैटौं स्थानमा उक्लिएको छ।

‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौं विश्वको छैटौं प्रदूषित सहरका रूपमा सुचीकृत भएको हो। यो समाचार तयार गरुन्जेल काठमाडौंको वायु प्रदूषण १५८ एक्युआई पुगेको छ।

विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रूपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ। हनोईको प्रदुषण २०५ एक्युआई पुगेको छ।

त्यस्तै दोस्रोमा चीनको वुहान परेको छ भने तेस्रो प्रदूषित सहर चीनको बेजिङ छ। त्यसैगरी इरानको तेहरान चौथो तथा  बंगलादेशको ढाका पाँचौं रहेको छ। अहिले काठमाडौँको प्रदुषण भारतको दिल्लीको भन्दा पनि बढी रहेको छ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *