एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

डिसी नेपाल
२६ फागुन २०८१ ६:३८
280
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रायो भल्लेकानोमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले रायो भल्लेकानोलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस जुनियरले एक एक गोल गरेका हुन्। त्यस्तै रायो भल्लेकानोका लागि पेड्रो डियाजले एक गोल गरेका थिए।

यो जितपछि रियल म्याड्रिड ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ। रियल म्याड्रिडको २७ खेलमा ५७ अंक भएको छ। एक खेल कम खेलेको बार्सिलोनासँग समान अंक रहेपनि रियल म्याड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै रायो भल्लेकानोको यो हारपछि २७ खेलमा ३६ अंक रहेको छ र लिगमा आठौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *